साताभर सुनचाँदीको मूल्यमा उतारचढाव, सुनको मूल्य घट्दा चाँदीको बढ्यो

0 Shares

काठमाडौं । यो साताभर सुनको मूल्यमा उतारचढाव हुँदै झिनो गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको मूल्य बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोला दुई हजार ३०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

सोमबार सुनको मूल्यमा गिरावट आएको थियो । उक्त दिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य गिरावट मंगलबार पनि निरन्तर भएको थियो । मंगलबार तोलामा थप ९०० रुपैयाँ घट्दै सुनको मूल्य तीन लाख एक हजार ९०० कायम भएको थियो । निरन्तर सुनको मूल्य गिरावट हुने क्रम हुँदा बुधबार प्रतितोला थप १५ सय रुपैयाँ घटेको थियो । योसँगै बुधबार सुनको मूल्य प्रतितोला तीन लाख ४०० रुपैयाँ कायम भएको थियो ।

साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको थियो । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ३०० सय रुपैयाँले बढेको हो । योसँगै बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य स्थिर भएको थियो । सुनको मूल्य स्थिर भएसँगै अघिल्लो दिनकै मूल्यमा कारोबार भएको थियो । अर्थात शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य उतारचढाव भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार