काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) फागुन २१गतेको निर्वाचनमा पहिलो दल हुने धेरैले अनुमान गरेका छन् । पार्टी सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द साह चुनावी माहोल बनाउन देश दौडाहमा लागेका छन् । त्यसको ठिक विपरित रास्वपामा असन्तुष्टी जनाउँदै पार्टी नेताहरुले धमाधम छोडेको घोषणा गरेका छन् ।
चुनावको मुखमा रास्वपाका नेताहरुले पार्टी छोडेको घोषणा गरेपछि चुनावी परिणाममा असर पर्न सक्ने विश्लेष्ण हुन थालेको छ । रास्वपकी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले गत फागुन ६ गते पार्टी परित्याग गरेकी थिइन । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।
विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताउकी हुन् ।
रास्वपाकी शर्माले पार्टी छोडको दुई दिनपछि पार्टीकै बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् । उनले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका हुन । हुमागाईँ ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् । उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।
हिजो मात्रै रास्वपा नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी छाडेका थिए । यसअघि पार्टीका प्रमुख सचेतक भई सकेका सन्तोष परियार र पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी छोडेका थिए । पार्टीका उम्मेदवार सार्वजनिक बहसमा सहभागी हुने मिडियामा संवाद गर्नेभन्दा बढी आफू निकट युट्युवरलाई प्रयोग चुनावी प्रचार गर्ने गरेका छन् ।