सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढ्यो, चाँदीमा पनि वृद्धि

0 Shares

काठमाडौं । सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेको छ । हिजो २०० रुपैयाँ बढेको सुनको भाउ आज ८०० रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको भाउ १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३२२ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ३ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार