काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशत बढी हो। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ७८ लाख खुद नाफा कमाएको थियो।
विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बिमाशुल्क ३६.४५ प्रतिशत र कुल आम्दानी २७.५९ प्रतिशत बढेको छ। त्यस्तै, कुल दाबी भुक्तानी ३०.७१ प्रतिशत र कुल खर्च ३०.०६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ।
यसैगरी प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा छ भने मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियम ५२ करोड ३८ लाख, रिटन्ड अर्निङमा ४३ करोड ४२ लाख र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित छ।