सानिमा बैंकको नाफा १ अर्ब ३९ करोड

0 Shares

काठमाडौं । दोस्रो त्रैमासमा सानिमा बैंकको नाफा १ अर्ब ३९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधीको तुनलनामा नाफामा सुधार गरेको हो ।

गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा थियो । बैंकले यो अवधीसम्ममा ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब १ करोड ४७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।सञ्चालन नाफा १ अर्ब ६४ करोड ९० लाख रुपैयाँबाट बढेर १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ पुगेको वित्तिय विवरणमा उल्लेख छ ।

नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी २०.५४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.६३ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा १ अर्ब ७९ करोड ९६ लाख रुपैयाँबाट घटी १ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार