नेपाली कांग्रेसको औपचारिक विभाजनपछि ‘आधिकारिकता’ हत्याउने होडबाजी

0 Shares

नेपाली कांग्रेसको औपचारिक विभाजनपछि ‘आधिकारिकता’ हत्याउने होडबाजीले निर्वाचन आयोग रणमैदान जस्तै बनेको छ। शेरबहादुर देउवा र गगन थापा नेतृत्वका दुई अलग-अलग समूहबीच शक्ति प्रदर्शन र दाबी-विरोध चर्किएपछि आयोग परिसरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

आफ्नो पक्ष नै ‘असली कांग्रेस’ भएको दाबी गर्दै दुवै समूहका शीर्ष नेता र कार्यकर्ताहरूको दौडधुपले कान्तिपथस्थित आयोग कार्यालयमा तनावपूर्ण स्थिति सिर्जना भएको हो। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने भिड नियन्त्रणका लागि मुख्यद्वारमै ‘वाटर क्यानन’ तैनाथ राखिएको छ।

बिहानैदेखि पालैपालो देउवा र गगन थापा नेतृत्वका कांग्रेसका नेता-कार्यकर्ताले आयोग पुगेर आधिकारिकताको दाबी प्रस्तुत गरेका थिए। उनीहरूले केहीबेर आयोग परिसरमा धर्नासमेत दिएका थिए। गगन पक्ष बाहिरिएलगत्तै शेरबहादुर देउवा पक्षीय कार्यकर्ताहरूले आयोग घेराउ गरेका हुन्।

सम्बन्धित समाचार