प्राइम बैंकको ८ प्रतिशत बोनस पारित, सञ्चालकमा डा. गजेन्द्र विष्ट निर्विरोध

0 Shares

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर कर प्रयोजनका लागि पनि उपलब्ध गराइनेछ।

साधारणसभाले बैंकको सञ्चालक समितिमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक रहेका थिए।

सभामा अध्यक्ष श्रेष्ठले बैंकले भविष्यमा पनि सेवा विस्तार र शाखा नेटवर्क विस्तार जारी राख्ने र शेयरधनीलाई समयमै उचित प्रतिफल प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकको सेवा अझ आधुनिक र सरल बनाउने योजना रहेको जानकारी दिएका छन्।

साधारणसभामा सहभागिता जनाउने शेयरधनी र सम्बन्धित सबैमा बैंकले आभार व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार