माघ महिनामा थप घट्यो ब्याज दर, कुनको कति पुग्यो?

0 Shares

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर गिरावट भएको हो ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । सोहीअनुसार २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)

बैंक पुसको ब्याजदर माघको ब्याजदर
कृषि विकास ४.५५ ४.४
सिटिजन्स ४.७५ ४.५
एभरेस्ट ४.७५ ४.४
ग्लोबल आईएमई ५.५ ५.५
हिमालयन ५.५ ५
इन्भेस्टमेन्ट मेगा ५ ५
कुमारी ४.५३ ४.४३
लक्ष्मी सनराइज ४.७५ ४.५
माछापुच्छ्रे ५ ४.५
नबिल ४.५५ ४.५५
नेपाल ५.१ ५.१
नेपाल एसबीआई ४.५५ ४.४
एनआईसी एसिया ५ ५
एनएमबी ५ ५
प्राइम कमर्सियल ४.२५ ४.४
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ५ ५
सानिमा ४.७५ ४.५५
सिद्धार्थ ५ ४.५५
स्टान्डर्ड चार्टड ४.६ ४.३६

सम्बन्धित समाचार