सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनले नयाँ रेकर्ड बनाएको छ । योसँगै सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो ।

 

सम्बन्धित समाचार