सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अन्तर्क्रिया तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभुत शेयरधनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी अन्तर्क्रिया तथा पुनर्ताजगी कार्यक्रम आयोजना गरेको छ ।

पुस २७ गते आइतवार लाजिम्पाटस्थित होटेल र्याडिसनको ढुकु हलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरु तथा संस्थापक शेयरधनीहरु सहित करीब ६० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदमप्रसाद सोडारीले कम्पनीको संस्थापक शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन, नियम, नीति निर्देशनको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्थित केही संस्थापक शेयरधनीले आ–आफनो धारणा तथा जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार