0
Shares
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आफैँलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत तस्बिर राख्दै उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’को घोषणा गरेका हुन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादूरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकाले अपरहण शैलीमा पक्राउ गरी अमेरिका लगेसँगै अन्तर्राष्ट्रिय स्तरमा विवाद उत्पन्न रहँदै आएको छ ।
ट्रुथ सोसलमा ट्रम्पले प्रकाशित गरेको पोस्ट विकिपिडियाको आधिकारिक पृष्ठमा समेत प्रकाशित गरेका छन् । ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’का रूपमा ट्रम्पलाई उल्लेख गरिएको छ ।
मादूरोको कब्जापछि प्रशासनिक निरन्तरता कायम राख्न र भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आएकी छन् ।
