0
Shares
काठमाडौं । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने जनाएको छ। आज आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारी समेत हेलिकप्टरमार्फत नै पठाएको जानकारी गराएको हो।
अन्य निर्वाचन क्षेत्रमा सवारी साधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा संकलन गरिने जनाएको छ। एकीकृत सुरक्षा व्यवस्था अनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएको समेत आयोगले जनाएको छ।
तीन घेरामा सुरक्षा प्रबन्ध गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।