0
Shares
काठमाडाैं। कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्कीस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेश्नरी र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले उक्त विद्यालयका सामाजिक–आर्थिक रूपले पिछडिएको र गरिब र विपन्न वर्गका विद्यार्थीको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए।
उक्त कार्यक्रममा बैंकका कर्मचारी,विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।