0
Shares
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ ।
आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारमा ओलीको एकल नाम सिफारिस भएको हो ।
यसअघि उनी २०७९ र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।