सन् २०२५ मा १५ लाख नेपाली विदेशिए, १० लाख विदेशी पर्यटक भित्रिए

0 Shares

काठमाडौं । नेपालबाट सन् २०२५ मा १५ लाखभन्दा धेरै नेपाली विदेशिएका छन्।

सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली विदेशिएका वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यस अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन्।

सोही अवधिमा १० लाख १५ हजार ३ सय ७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने ९ लाख ८२ हजार ५ सय ६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ।

‘विदेशी नागरिक अधिकांश घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्छन्,’ निर्देशक ढकालले भने, ‘नेपालीहरु भने, ‘नेपालीहरू अध्ययनसँगै रोजगारीका लागि विदेशीने गरेका छन्।’

 

सम्बन्धित समाचार