प्रत्यक्ष चुनाव लड्न रामबहादुरलाई गोकुलको चुनौती, आफ्नै बेइज्जत नगर्न आग्रह

0 Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलमाथि केन्द्रीय सदस्य गोकुल बास्कोटाले कटाक्ष गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएसँगै बादलमाथि बास्कोटा खनिएका हुन् । बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न चुनौती दिएका छन् ।

मंगलबार काठमाडौं आयोजित मदन-आश्रित प्रतिष्ठानले कार्यक्रममा बादलले कांग्रेस र एमालेको सहकार्य गरेर चुनावमा जानुपर्ने बताएका थिए । उनले चुनावी गठबन्धन गर्दा आधा-आधा सिट भागबण्डा गरेर जान सकिने बताए ।

त्यसको एमालेकै कतिपय नेताले विरोध गरेका छन् । सोही अभिव्यक्तितर्फ संकेत गर्दै बास्कोटाले ‘आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता समानुपातिक कोटामा बसेर प्रणालीको विरोध हुनु ठिक’ नभएको बताएका थिए ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलसहितका शीर्ष नेताहरूको नाम छ । आदिवासी जनजातितर्फ बादलको नाम पहिलो स्थानमा छ ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्, रुख-सूर्य मिलेपछि चुनाव लडे भो त, अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले समावेशीताकै बेइज्जत नगर के- त्यो पनि पुरुषले ।’

सम्बन्धित समाचार