0
Shares
काठमाडौं । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन सात हजार ९०० रुपैयाँले गिरावट आएको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य चार हजार ५९० रुपैयाँ कायम भएको छ ।