0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले गिरावट आएको हो ।
योसँगै सोमबार दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार तोलामा दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा चार हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।