0
Shares
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिएको प्रस्तावबारे जानकारी गराएका छन् ।
शनिबार बालेन र कुलमानबीच जारी वार्तामा रास्वपाको प्रस्तावबारे बालेनले कुलमानलाई ब्रिफिङ गरेका हुन् । शुक्रबार बालेनलाई रास्वपाबाट प्रस्ताव आएसँगै एकता गर्ने गरी तयारी गरेको समाचार बाहिरिएको थियो ।
स्रोतका अनुसार बालेनले आफूलाई प्रधानमन्त्रीसहितको प्रस्ताव बताउँदै स्टेकबारे कुरा मिल्न बाँकी रहेको बताएका थिए । अहिले दुवै पक्षबीच छलफल जारी छ ।