काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट आगामी चुनावका लागि उम्मेदवारको रुपमा युवा नेता रमेश मल्ल, टेकबहादुर बस्नेत, प्रकाश ज्वाला सहित पाँच जनाको नाम सिफारिस भएको छ । जिल्ला पार्टीले नेताहरु मल्ल, बस्नेत र ज्वाला सहित धनबहादुर परियार, सिता विष्टको नाम सिफारिस भएको हो ।
मल्ल अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुनुका साथै पार्टी केन्द्रीय सदस्य समेत हुन् । जेनजी युवाको प्रतिनिधित्व गर्दै मल्लको नाम पार्टीका युवाहरुले चर्चामा ल्याएका छन् । यस्तै बस्नेत पूर्व मन्त्री हुनुका साथै तीन पटक सांसद भई सकेका छन् । ज्वाला प्रदेशको मन्त्री हुनुका साथै संघीय सरकारको मन्त्री समेत भई सकेका छन् । बस्नेत र ज्वालामध्ये मल्लको आगामी फागुन २१ गतेको निर्वाचनमा टिकट पाउने धेरैले आकलन गरेका छन् ।
यस्तै समानुपातिक तर्फ उमाकान्त शर्मा, प्रमोद श्रेष्ठ, प्रेमा अधिकारीको नाम सिफारिसमा परेको छ । यस्तै आगामी माघ हुने राष्ट्रिय सभा चुनावका लागि रत्नबहादुर ओलीको नाम सिफारिस भएको छ ।