प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

0 Shares

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई सरकारी वकिलको कार्यालयले रिहा गर्ने आदेश दिएको छ ।

तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले आर्थिकन्यूजलाई जानकारी दिए । उनले भने, हामीले म्याद थपका लागि लगेका थियौं तर, सरकारी वकिलको कार्यालयले छोड्ने आदेश दियो । अब बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुन्छ उनले भने।

स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचाररत छन् । मंसिर १४ गते शेरचनलाई बैंकको केन्द्रीय कार्यालय बबरमहल पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार