रवि पार्टी सभापति, बालेन प्रधानमन्त्रीको समझदारी गरेर एकता गर्दै

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पार्टी एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।

अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन, झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिन तयार छन् । रवि रास्वपाको सभापति रहने गरी सहमतीको ड्राफ्ट तयार गर्न जेनजी युवा नेताहरु लागेका छन् ।
बालेनले आफ्नै नेतृत्वमा देश विकास पार्टी दर्ता गरेका थिए । चुनाव चिन्ह लौरो लिएर पार्टी दर्ता गरे पनि रबिसँग सहमती भएपछि एउटै पार्टी बनाउन सहमत भएका हुन् ।

रबि बालेन एकता हुने भएपछि कुलमान घिसिङ संरक्षक भएको उज्याले नेपाल पार्टीसँग एकताका विषयमा छलफल हुने भएको छ । त्यसपछि अरु क्षेत्रीय पार्टीसँग एकताका लागि छलफल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत पुराना दललाई आगामी चुनावमा हराउने नयाँ दलले रणनीति बनाएका छन् ।

सम्बन्धित समाचार