डिजिटल र क्यूआर कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत गरिमा विकास बैंक सम्मानित

0 Shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड डिजिटल कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत सम्मानित भएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई ‘एक्सेलेन्स इन डिजिटल ट्रान्जेक्सन्स आर्थिक वर्ष २०८१/८२’ र ‘एक्सेलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्सन आर्थिक वर्ष २०८१/८२’ अवार्ड प्रदान गरिएको हो।

आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेको आधारमा गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा २०८२ पुस २१ गते, मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय ले उक्त अवार्ड ग्रहण गरेका थिए।

समयअनुकूल नवीनतम डिजिटल बैंकिङ सेवाहरूलाई थप ग्राहक–मैत्री बनाउँदै लैजाने क्रममा प्राप्त यी अवार्डहरूले डिजिटल कारोबार विस्तारमा बैंकलाई थप ऊर्जा प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यसअघि पनि गरिमा विकास बैंक २०८२ भदौमा भारतको नयाँ दिल्लीमा आयोजित ‘इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड’ कार्यक्रममा ‘बेस्ट बैंक’ सहित तीन वटा अवार्डबाट सम्मानित भएको थियो।

हाल गरिमा विकास बैंकले देशभर १२४ शाखा कार्यालय र ५१ एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक डिजिटल बैंकिङ माध्यम प्रयोग गरी सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित समाचार