सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला दुई लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । बुधबार चार हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार