सुनको मूल्य ५५०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य भारी वृद्धि भएको हो ।

योसँगै तोलामा दुई लाख ६१ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार बढेर तोलामै दुई लाख ६७ हजार २०० रुपैयाँ छ । जुन हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार