0
Shares
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा विद्युतीय सवारी (कार, जीप र भ्यान) को आयात ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवको ५ महिनासम्म ईभीको आयात २०.५३ प्रतिशतले गिरावट आएको छ ।
यस अवधिमा ८ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ बराबरको ईभी आयात भएको छ । जुन गत आवको सोही अवधिमा ११ अर्ब २७ करोड २१ लाख रुपैयाँको ईभी गाडी आयात भएको थियो । विभागका अनुसार गत आवको ५ महिनामा ४ हजार ६९७ वटा ईभी कार, जीप र भ्यान भित्रिएका थिए जुन चालु आवकोे सोही अवधिमा ३ हजार ८०० वटा भित्रिएका छन् । जुन १९ प्रतिशत कम हो ।
ईभी आयात घटेपछि यसबाट संकलन हुन राजस्व पनि घटेको छ । गत वर्ष ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष ५ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।