मिराज ढुङ्गाना नेतृत्वको जेनजीलाई प्रहरीले बनायो तितरबितर

0 Shares
काठमाडौँ ।  जेनजी अभियन्ता मिराज ढुङ्गानाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले  धरपकड गरेको छ । ढुङ्गाना सहित निकोलस भुसाल लगायत टोलीलाई प्रहरीले माइतिघरमण्डलाबाट हटाएको हो । भुसाल पक्राउ परेपछि मिराज सहितको टोली सामूहिक गिरफ्तारी दिने प्रयास गरेका थिए ।
मिराजको टोली सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी वृत्त भद्रकालीतर्फ लम्किएको थियो । तर, माइतीघरमा प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको छ । अहिले उनीहरूले नाराबाजी गरिरहेका छन् ।
मिराजको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै सरकार विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । तर, सोमबार मिराजको नेतृत्वमा सानो सङ्ख्यामा जेनजी माइतीघर पुगेका थिए । प्रहरी ठुलो सङ्ख्यामा परिचालन भएपछि मिराजको टोली तितरबितर भएको हो।

सम्बन्धित समाचार