0
Shares
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपन अनिल शाहले अर्धशतक बनाएका छन् ।
उनले डेब्यु खेलमा क्यानडाविरुद्ध १९ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले तीन छक्का र सात चौका प्रहार गरे ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ओपनर शालको विकेट पनि गुमाएको छ । यसअघि अर्का ओपनर आसिफ शेखले १० रन बनाउँदै आउट भएका थिए ।