एमाले महाधिवेशनको मतदान आज बिहानदेखि सुरु हुने

0 Shares

काठमाडौं । नेकपा एमालको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान आज बिहान हुने भएको छ ।

मंगलबार साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुने भएको हो ।

“विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ,” उनले भने ।

यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए ।

कूल ३०१ सदस्यीय नयाँ कार्य समितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ ।

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

सम्बन्धित समाचार