एमाले महाधिवेशनमा मतदान गर्न प्रतिनिधि लाइन लागे

0 Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको व्यग्र प्रतीक्षा भइरहेको छ । प्रतिनिधिहरू घन्टौंदेखि लाइन बसे पनि मतदान कति बजे सुरु हुन्छ भन्ने टुंगो छैन ।

एमाले केन्द्रीय सदस्यका उम्मेदवार जलस्रोत विद् ई डा.भेषराज थापाका अनुसार बेलुका ८ बजेदेखि मतदान गर्ने तयारी भई रहेको छ । बेलुका ८ बजेदेखि राती एक बजेसम्म मतदान गर्ने तयारी गरिएको थापाले जानकारी दिए । ‘आज रातभर मतदान हुन्छ । सबै मतदान सकिएपछि भोलि विहानबाट मतगणना हुन सक्छ’ डा.थापाले भने, ‘सबै मतदान विद्युतीय भएकाले मतगणना गर्न समय धेरै लाग्दनै । नजिता छिट्टै आउँछ ।’  अहिले देशैभर आएका प्रतिनिधिहरुको मनोविज्ञान बुझदा धेरै युवा केन्द्रीय समितिमा समेटिने थापाले बताए ।

अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि मात्रै मतदानस्थल आइपुगेका हुन् ।    पार्टीका अन्य सबै उम्मेदवार र नेताहरू पनि भृकुटीमण्डपमै छन् ।

आज दिनभरि उनीहरू भोट माग्न व्यस्त रहे । महाधिवेशन प्रतिनिधि भने चाँडो भोट हालेर सुत्न जान पाइने आशा छन् । मतदान प्रक्रिया रातभर चल्न सक्ने बताइएको छ ।

सम्बन्धित समाचार