एमालेमा आज रातीदेखि भोलि दिउँसोसम्म मतदान हुने

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको क्रममा आज मंगलबार रातभर नै मतदान हुने भएको छ । मतदानको लागि करिब १७ घण्टा समय लाग्ने अनुमान गरिएको पार्टीको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।

त्यसको अर्थ आज राती यदि ८ बजे देखि मतदान शुरु भए भोलि दिउँसो १ बजे बल्ल मतदान सकिनेछ । त्यसपछि मतगणना भएर अन्तिम परिणाम भोलि राती बल्ल आउने भएको छ ।

महाधिवेशनमा विद्युतिय मतदान हुने भएको छ । त्यसको लागि ८० वटा मेसिन फिट गरिएको छ । त्यतिगर्दा पनि उम्मेद्वारको संख्या धेरै भएकोले एक जना मतदातालाई मतदानको लागि ३० देखि ४० मिनेटसम्म लाग्ने पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ ।

स्मरण रहोस् एमाले महाधिवेशनका २२६३ प्रतिनिधि रहेका छन् ।

सम्बन्धित समाचार