प्राय प्रतिनिधिहरु युवाहरु भएकाले केन्द्रीय कमिटीमा अधिकांश युवा निर्वाचित हुन सक्छन् : डा.थापा

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यका उम्मेदवार पूर्वाधार विद् डा.भेषराज थापाले देशैभरबाट प्राय युवाहरु प्रतिनिधिहरु भई सहभागी भएकाले केन्द्रीय कमिटीमा धेरै युवाहरु समेटिन सक्ने बताएका छन् । पार्टीको महाधिवेशन स्थल भृकुटिमण्डपमा भेटिएका डा.थापाले जेनजी आन्दोलनपछि एमालेमाथि चौतर्फी आक्रमण भएकाले युवा र पेसागत निर्वाचित भएमा गतिलोसँग जवाफ दिने जिकिर गरे ।

देशको रिइन्जिनियरिङ गर्नुपर्ने आवश्यकता देखिएकाले पेसागत मान्छेको पार्टीमा सहभागीता बढाउन आवश्यकता देखिएको डा.थापाले बताए । अहिले महाधिवेशनमा प्रतिनिधिहरुलाई प्राय पुरानै नेतालाई निरन्तरता दिनुपर्छ जस्तो पनि देखिन्छ । तर, अहिले ४० वर्षमुनिका २० प्रतिशत, ४० देखि ५० वर्षका ३० प्रतिशत, ५० देखि ६०वर्षका ३५ प्रतिशत, ६०देखि ७० वर्षका १३ प्रतिशत र ७० वर्षभन्दा माथिका दुई प्रतिशत प्रतितिनिधिहरु रहेका छन्’ उनले भने, ‘प्रतिनिधिहरुको उमेर अनुसार केन्द्रीय कमिटीमा छनोट गर्नुहुन्छ भन्ने विश्वास छ । त्यसो भएमा एमालेमाथि आक्रमण गर्नेलाई तह लगाउन सकिन्छ ।’ उनले पार्टीमाथि चौतर्फी आक्रमण भएकाले पुरानै नेतृत्व दोहोरिने अवस्था देखिएको आकलन गरे ।
‘यो महाधिवेशन एमालेको आन्तरिक लोकतन्त्र हो । पार्टीको नेतृत्वको लागि आन्तरिक प्रतिस्पर्धाका लागि चुनावी मैदानमा छौँ’ उनले भने, ‘अहिले पार्टीमाथि चौतर्फी आक्रमण भएका बेला युवा, उद्यमसिल र विषय विज्ञको आवश्यकता महशुस गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । एमालेमा दुबै जनाले फरक फरक टिमको घोषणा गर्नुभएको छ । टिमले युवा र व्यवसायिक व्यक्तिहरुलाई प्रायाप्त मात्रामा राखेको देखिदैन ।’

डा.थापाले उद्यमसिल र पेसागत मान्छेहरु मुलधारको राजनीतिमा आएपछि मात्रै देशलाई समृद्धिमा लगन सजिलो टिप्पणी गरे ।

सम्बन्धित समाचार