राष्ट्रपतिका राजनीतिक विज्ञ थापाले किन दिए राजीनामा

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएपछि राष्ट्रपतिको सल्लाहकार बनेका थिए । उनी पछिल्लो समय कांग्रेसभित्र गगन थापाको पक्षमा उभिएको बताइएको छ ।

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने गरी उनी राजीनामा दिन तयार भएका हुन् ।

सम्बन्धित समाचार