0
Shares
काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदान स्थल पुगेका छन् ।
आज दिउँसो मतदान सुरु हुने भएसँगै उनी मतदान स्थल भृकुटी मण्डप पुगेका हुन् । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदान सुरु हुँदा चार बज्न सक्ने छ ।
महाधिवेशन प्रनिनिधि, नेता तथा कार्यकर्ता मतदान स्थल पुगिसकेका छन् । अध्यक्षमा उम्मेदवार पोखरेल पनि मतदान स्थल पुगेका हुन् ।
पोखरेल मतदान स्थल पुगेसँगै नेता कार्यकर्ताले उनको पक्षमा नाराबाजी गरेका थिए । उनले दुई पटक अध्यक्ष बनेका केपी ओलीसँग प्रतिस्पर्धाका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।