0
Shares
काठमाडौं । लोक दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको जारी ११औँ महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार बिहान उनी महाधिवेशन स्थल पुगेसँगै सबैको ध्यान तानेकी थिइन् ।
उनले महाधिवेशनमा एमालेका केही उम्मेदवारको फोटोसहित उनीहरूको पक्षमा भोट मागेकी छन् । एमालेको महाधिवेशनमा आज नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।
भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुने तयारी भएसँगै गायिकका मगर पनि पुगेकी हुन् । नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुँदै छ।