दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जना भिड्दै, पदाधिकारीमा एक जना उम्मेदावर

0 Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका आज निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनमा दलिततर्फ १२ केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार दलिततर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् ।

खुलातर्फ ७ जना, महिलातर्फ ४ जना र एक जना युवातर्फ निर्वाचित हुने छन् । ती सबै पदका लागि २८ जनाको उम्मेदवारी परेको हो ।

जसमा दलित खुलातर्फ ७ पदका लागि १६ जना, दलित महिलातर्फ ४ पदका लागि ८ जना र ४० वर्षमुनिको दलित युवातर्फ एक जनाका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको हो ।

यस्तै, १९ जना पदाधिकारीमा दलितबाट सचिवमा एक्ला उम्मेदवार छविलाल विश्वकर्मा छन् । उनी यसअघि खुलातर्फ सचिवमै निर्वाचित भएका थिए । अहिले खुलातर्फ सचिव पदमा दोहोरिएर उम्मेदवार बनेका हुन् ।

सम्बन्धित समाचार