काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्य निर्वारोध भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीअनुसार कोटाभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।
जसमा खुला केन्द्रीय सदस्यमा खुला (युवा क्लस्टर) दुई जनाको कोटा छुट्याइएको थियो । जसमा नरेश रोकाया र सुशील थापाले उम्मेदवारी दिएका थिए ।
यसैगरी, मधेसी युवा क्लस्टरमा अमर कुमार यादव निर्विरोध हुँदा मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकीको मात्रै उम्मेदवारी परेको थियो ।
पार्टीको दुई वटा आयोगका पदाधिकारी पनि निर्विरोध भएका छन् । जसमा अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्विरोध भएको हो ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, चक्रबहादुर पराजुली, राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध हुँदा उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भए ।
खुला केन्द्रीय सदस्य (युवातर्फ)
: नरेश रोकाया र सुशील थापा
मधेसी (युवातर्फ)
: अमर कुमार यादव
मुस्लिम (महिलातर्फ)
: खाजिदा खातुन सिद्धकी
श्रमिक महिला
: कमला देवी तामाङ र सिता लामा
पिछडिएको क्षेत्र (महिलातर्फ)
: बदमी क्वाँरी बुढा
प्रवास (दक्षिण एसियातर्फ)
: हरि प्रसाद घिमिरे
अनुशासन आयोग
: अध्यक्ष- प्रा.डा. भरतराज पहाडी
: उपाध्यक्ष- चक्रबहादुर पराजुली
: सचिव- राजेन्द्र घिमिरे
लेखा आयोग
: अध्यक्ष- डा. पुष्पराज कँडेल
: उपाध्यक्ष- घनेन्द्र राज घिमिरे
: सचिव- ईश्वरी प्रसाद खरेल