घर फर्क अभियान चलाएर एमाले आएकी झाक्री ओली प्यानलमा परिनन्

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा घर फर्क अभियान दिएर प्रवेश गरेकी पूर्व मन्त्री रामकुमारी झाक्री अध्यक्षका प्रत्यासी केपी शर्मा ओली गुटमा परिनन् । एमाले ११ औँ महाधिवेसनमा ओली गुटबाट पदाधिकारी नपाएपछि अन्तिममा केन्द्रीय सदस्यको मात्रै उम्मेदवारी गराएकी हुन् ।
झाक्रीले एमालेमा सचिवको उम्मेदवारी दिने हल्ला चलाएकी थिइन । अन्तिममा पराजित हुने अवस्था देखेपछि केन्द्रीय सदस्य मात्रै दर्ता गराएको एक नेताले बताए ।

पूर्वसहरी विकास मन्त्री भएकी झाक्री एकीकृत समाजवादी उपाध्यक्षमा पराजित भएपछि माधवकुमार नेपाललाई छोडेर ओली रोजेकी थिइन । एमाले प्रवेश गरे पनि ओलीले आफ्नो गुटमा नपारेपछि झाक्री नराम्रोसँग थचारिएकी छन् ।

यस्तै घर फर्क अभियानमा जोडिएका पूर्व मन्त्री किसान श्रेष्ठ समेत पदाधिकारीमा परेनन् । एकीकृत समाजवादीमा राम्रो महत्व पाएका श्रेष्ठ एमालेमा पदाधिकारी नपाएपछि केन्द्रीय सदस्य मात्रै सीमित भएका छन् ।

सम्बन्धित समाचार