0
Shares
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारीको कारण खुलाएका हुन् । उनले भने, ‘म पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधिपूर्वक ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको हुँ ।’
उनले महाधिवेशनमा अध्यक्षमा उम्मेदवार दिने बताउँदै चुनावमा प्रतिस्पर्धाको कुरा स्वाभाविक भएको बताए ।
‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो, हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वभाविक रुपमा मानिँदैन ।’