योगेश भट्टराईले उपमहासचिव पदमा मागे मत

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले उपमहासचिव पदमा भोट मागेका छन् । गत शनिबारदेखि सुरु भएको पार्टीको महाधिवेशनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेता भट्टराईले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवारी दिने भएका हुन् । उनले आफूले पार्टीमा लामो समय काम गरेको भन्दै भिडियोमार्फत मत मागेका हुन् ।

अहिले एमालेको महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा जारी छ । भोलि निर्वाचन हुने भएको छ ।

सम्बन्धित समाचार