हामी भदौ २२ को निष्कर्षमा रहेनौँ, सबै ध्वस्त भयो: ईश्वर पोखरेल

0 Shares

म्याग्दी । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी गत भदौ २२ गते विधान महाधिवेशनबाट पछाडि हटेको टिप्पणी गरेका छन्।

आइतबार दिउँसो सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आज भएको विधान संशोधनले त्यो बेलाको सबै निष्कर्ष ध्वस्त पारेको बताएका हुन्।

‘गत भदौ २२ गते हामी जुन निस्कर्षमा पुगेका थियौँ, तियो ठाँउमा रहेनछौँ,’ पोखरेलले भने, ‘सबै ध्वस्त भयो।

उनले यसमा कुन कारण हो भन्दै त्यसको निराकरण गर्नुपर्नेमा समेत जोड दिए। ‘यसमा बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकरण गर्नैपर्छ,’ पोखरेले जोड दिँदै भने।

सम्बन्धित समाचार