यसरी चुनिनेछ एमालेको ३०१ सदस्यीय केन्द्रीय समिति

0 Shares

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको चयनको खाका पास गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टर सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको थियो। त्यसलाई बन्दसत्रले पारित गरेको एक नेताले बताए।

बन्दसत्रले पारित गरेको प्रस्तावअनुसार, ७ प्रदेश र एउटा उपत्यका प्रदेशबाट ४० वर्षमुनिका एक सदस्य चयन गरिनेछ। त्यस्तै, खुल्लाबाट ६ र महिलाबाट तीन सदस्य चयन हुनेछन्।

यसैगरी, महिलाबाट ७३ केन्द्रीय सदस्य आउनेछन्। जसमा महिलामध्ये खुल्ला प्रतिस्पर्धाबाट ५२, जनजातीबाट दुई र युवा १७ जना आउनेछन्।

त्यस्तै, मधेसबाट युवा दुई, खुल्ला ८ र महिला ४ जना चयन गर्नुपर्नेछ। दलितबाट युवा १, खुल्ला ८ र महिला ४ जना आउने व्यवस्था गरिएको छ।
यसैगरी, प्रवासमा भारतबाट एक र अन्य देशबाट एक जना केन्द्रीय सदस्य आउनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना आउने व्यवस्था गरिएको ती नेताले जानकारी दिए।

सम्बन्धित समाचार