सुनको मूल्य बढ्यो, आजको मूल्य कति?

0 Shares

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा तीन हजार ८२५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० कायम भएको थियो । एक तोला चाँदी मूल्य तीन हजार ९०५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

सम्बन्धित समाचार