एमालेमा नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सुरु भयो बन्दसत्र

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुने भएको छ । बन्दसत्र बिहान आठ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।

बन्दसत्रमा दुई हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजदेखि एमालेले सीधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।

नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवारी दिने भएका छन् । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।

सम्बन्धित समाचार