इलाम-२ मा सुहाङले बढाए मतान्तर, १६ सयभन्दा बढी मतले कांग्रेस पछाडि

0 Shares

काठमाडौं । इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ६ हजार ४०३ मत पाएका छन् ।

यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का दोस्रो स्थानमा रहेका छन् । उनले चार हजार ७८० मत पाएका छन् । उनीभन्दा सुहाङ एक हजार ६२३ मतले अगाडि रहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले तीन हजार १८८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले जम्मा एक हजार मत पाएका छन् । अहिलेसम्म १५ हजार ९६८ मत गणना भएको छ । जसमा १८६ मत बदर भएको छ ।

सम्बन्धित समाचार