ओलीले भने– एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ

0 Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको नेतृत्व गर्ने पार्टी चुनावबाट भाग लिनबाट पछि नहट्ने बताएका छन्।

शनिबार सल्लाघारीमा पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नै चुनाव गराउने पक्षमा नरहेका कारण एमाले प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा रहेको बताएका हुन्। ’चुनाव हुदै छैन। अल्मल्याउन मात्रै खोजिँदैछ। त्यसकार संसद पुनस्र्थापना हुनुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले अन्य दलहरूलाई पनि यस मुद्दामा सहकार्यका लागि आह्वान गरे।

अध्यक्ष ओलीले इतिहासका विभिन्न घटनाहरूमा जस्तै यसपालि पनि जेनजीको विपक्षीमा रहेको भन्ने देखाउने कोसिस गरिएको बताए। तर इतिहासमा विभिन्न आरोपहरू चिरेजस्तै यसपालि पनि चिर्ने उनले बताए।

’३० वर्षअघि वृद्धवृद्धाविरोधी भनेर आरोपित गरियो। सशस्त्र युद्धताका क्रान्ति विरोधी भनियो। मधेसविरोधी, पहिचान विरोधी भन्न खोजियो। त्यसलाई चि¥यौं। अहिले जेनजी विरोधीको आरोप लगाए,’ उनले भने, ’यसलाई पनि चिरेर छाडिन्छ।’

सम्बन्धित समाचार