बझाङमा एमालेको अग्रता कायमै, कसको मत कति ?

0 Shares

काठमाडौं । बझाङ १ को प्रदेशसभामा उपनिर्वाचनको मत गणनामा नेकपा एमालेले आग्रता कायमै राखेको छ ।

साढे ९ बजे सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले तीन हजार ४९७ मत पाएका छन् । उनले ६७७ मतको अन्तर कायम राखेका छन् ।

यस्तै, नेपाली कांग्रेसका अभिषेक सिंहले दुई हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।

सम्बन्धित समाचार