काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को पूर्ण स्वीकृति प्राप्त गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८२ मंसिर २३ गते धितोपत्र व्यवसायीले गर्न पाउने सम्पूर्ण कार्यहरू गर्नका लागि स्वीकृति पाएको हो ।
कम्पनीका मुख्य कार्यहरू र उपलब्धि
कम्पनीले हाल निम्न कार्यहरू गर्दै आइरहेको छ:
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध
शेयर रजिष्ट्रेशन
संस्थागत परामर्श सेवा
धितोपत्र प्रत्याभूति (Underwriting)
लगानी व्यवस्थापन
सामूहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरी
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल कम्पनी ऐन, २०६३ बमोजिम २०७८ असोज १० गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो । यसले २०८० साउन २९ गते सिमित कार्य गर्न तथा २०८१ मंसिर २ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रूपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरिसकेको थियो ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति
कम्पनीले अनुभवी व्यवस्थापक भिष्मराज चालिसेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ ।
नियुक्ति मिति: २०८२ भाद्र २७ गतेदेखि ।
कार्यकाल: आगामी चार वर्षका लागि ।
चालिसेले विगत ३० वर्षभन्दा बढी समयदेखि नेपालको धितोपत्र बजार व्यवस्थापन तथा बैंकिङ्ग व्यवसायहरूमा प्रत्यक्ष संलग्नता जनाउँदै आएका छन् । सीईओ चालिसेले अनुभवी नेतृत्व, दक्ष व्यवस्थापन र प्रचलित नियम कानुनको अधिनमा रही नवीनतम प्रविधिलाई अवलम्बन गर्दै संस्थालाई थप उचाइमा पुऱ्याउने योजना रहेको बताए ।
यसैबीच, कम्पनीले मिति २०८२ मंसिर १२ गते आफ्नो चौथो वार्षिक साधारण सभा समेत सम्पन्न गरेको सूचना अधिकारी/बरिष्ठ सहायक महाप्रबन्धक दिपेन्द्र कडरियाले जानकारी दिए ।