0
Shares
काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि पार्टी नेताको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो । समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ ।