उपनिर्वाचन- बझाङमा सर्वदलीय बैठकको तयारी

0 Shares

काठमाडौं । बझाङमा मत पेटिका संकलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्ने गरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ,” मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मत पेटिका संकलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”

सम्बन्धित समाचार